दसैंका लागि ४० हजार टिकट बुकिङ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दसैंका लागि ४० हजार टिकट बुकिङ

ticket booking

काठमाडौं, १४ असोज । दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ । प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिनेको संख्या पछिल्लो एक सातामा ५ लाख ६० हजारभन्दा बढी रहेको छ ।

विशेषगरी असंगठित क्षेत्रमा काम गर्ने मजदुर तथा विद्यार्थीले दसैैं सुरु हुनु पहिल्यै राजधानी छाड्ने गर्दछन् । प्रहरीका अनुसार नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालका अनुसार सार्वजनिक यातायातमा टिकट बुकिङ भएपछि उपत्यका छोड्नेको संख्या बढेको देखिन्छ । महाशाखाले यसवर्ष चाडपर्व मनाउन २० देखि ३० लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छोड्ने अनुमान गरेको छ ।

बुकिङ खुला हुनुअघिबाटै दसैं मान्न जानेको संख्यामा क्रमशः वृद्धि हुन थालेको उनले बताए । असोज ५ यताको ९ दिनमा थानकोट, बल्खु, जगातीलगायतका नाकाबाट ५ लाख ६१ हजार भन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । यो अनुपात नियमित बाहिरिनेको भन्दा झण्डै डेढ लाख भन्दा बढी हो । महाशाखाका सहप्रवक्ता दाहालका अनुसार दसैंका लागि कलंकी, नयाँ पुरानो बसपार्क, चावहिल, कोटेश्वर, गौशाला लगायत काउन्टरबाट सर्वसाधारणले ४० हजारभन्दा बढीले टिकट बुकिङ गरेका छन् ।

“सार्वजनिक यातायात व्यवसायीले अग्रिम बुकिङ खुल्ला गरेसँगै चाडपर्व मनाउन जाने यात्रुको संख्या एकदमै बढेको देखिन्छ,” ट्राफिक महाशाखाका सहप्रवक्ता दाहालले भने, “अग्रिम बुकिङ पनि दैनिक बढ्दो क्रममा छ ।” दाहालका अनुसार चाडपर्व लक्षित सार्वजनिक सबारी आवागमन तथा टिकट विक्री र बुकिङलाई व्यवस्थित बनाउँन महाशाखाले १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरीसकेको छ ।

टिकट बिक्री सहज पार्न, टिकटमा ठगी र कालोबजारी नियन्त्रण गर्न तथा लामो दुरीका सबारीमा अनिवार्य २ जना चालक राख्नुपर्ने व्यवस्था गर्न पनि अनुगमन र नियमनमा कडाइ गरिएको उनले बताए । यसका लागि गुडिरहेका सार्वजनिक यातायातमा छड्के जाँच, टिकट काउन्टर तथा नाका आसपास सादा पोशाकमा ट्राफिक र जनपथ प्रहरी तैनाथ गरेको उनले बताए । चाडपर्वमा यात्रु ठगी नियन्त्रण गर्न महाशाखा, यातायात व्यवस्था विभाग र उपभोक्ता अधिकारकर्मी सम्मिलित संयुक्त अनुगमन टोली पनि तैनाथ भइसकेको छ ।

यसबाहेक विभागले मात्रै ४ वटा अनुगमन संयन्त्र राजधानीका विभिन्न काउन्टर तथा नाकामा तैनाथ गरिसकेको छ । महाशाखाका अनुसार दसैंअघिका ३/४ दिनका लागि सबैभन्दा बढी टिकट बुकिङ हुने गरेको पनि पाइएको छ । आजको कारोबार दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);