दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए

yatru

काठमाडौं, ३० असोज । दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दसैं मनाउन बाहिरिएका हुन् ।

महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । यो तथ्यांक ५ असोजदेखि आइतबार सम्मको हो । सोही दिन सरकारले दसैंका लागि टिकटको अग्रिम बुकिङ खोलेको थियो ।

पन्तले नेपालका विभिन्न क्षेत्रमा दसैं, तिहार र छठ मनाउन ठूलो संख्यामा मानिस बाहिरिने गरेको बताए । महाशाखाका अनुसार हालसम्म १ लाख ६२ हजार ९८ वटा टिकटको अग्रिम बुकिङ भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार गत वर्ष २४ लाख बढी यात्रु दसैंका लागि बाहिरिएका थिए । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);