मिथिलाञ्चलको पहिचान बोकेको लोक नृत्य झिझियामा, यस्तो छ सास्कृतिक महत्व | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मिथिलाञ्चलको पहिचान बोकेको लोक नृत्य झिझियामा, यस्तो छ सास्कृतिक महत्व

jhijhya nirtya

काठमाडौँ, १९ असोज । फरक संस्कृतिको फुलबारीका रुपमा चिनिने नेपालमा एउटै पर्व पनि फरक-फरक समुदायमा फरक तरिका र महत्वका साथ मनाउने गरिन्छ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैँ पनि फरक समुदायमा फरक तरिकाले मनाउने पाइएको छ । तराईमा भने दशैँको शूरुवातसंगै घटस्थापनादेखि झिझिया शुरु भएको छ । मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानका रुपमा निर्मित र विकसित झिझिया नृत्य मधेश तराइको साझा नृत्यका रुपमा स्थापित भएको पाइन्छ ।

लोक नृत्यसहितको प्रस्तुतिले तराई–मधेश अहिले झिझियामय बनेको छ । मिथिला सँस्कृतिलाई झल्काउने रंगीबिरंगी पोशाक लगाएका महिलाहरु महोत्तरी सहीत सम्पूर्ण तराई–मधेसका गाउँ–गाउँमा साँझ हुनासाथ झिझियाका लोकगीत घन्किन थाल्छन् । घटस्थापनामा शुरु भएर दसैंभर प्रदर्शन गरिने यो अनुष्ठान महिलाद्वारा नै सञ्चालन, संयोजन र प्रस्तुत हुने गर्दछ।

यस्तै खालका गीतहरु निरन्तर गाँउदै महिलाहरू समूह बनाएर झिझिया नृत्यमा सहभागी हुन्छन् । राति खाना खाएर ग्रामीण देवता ब्रह्मबाबाको मन्दिरमा जम्मा भई झिझिया नृत्य गर्ने गर्छन् । नृत्यमा सहभागीहरुले रंगबिरंगी कागज तथा फुलहरुले सजाएका घैँटोले बनाएको झिझियामा साना–साना प्वाल पारिएको हुन्छ र त्यसभित्र दियो बालिएको हुन्छ ।

मिथिलाञ्चलको पहिचान बोकेको यस लोक नृत्य झिझियामा दलित महिलाहरूको बढी सहभागिता हुने गर्दछ । झिझिया नृत्य सातौं शताब्दीदेखि शुरु भएको भएपनि पछिल्लो समय यसको मौलिकता हराउँदै गएको मिथिला सांस्कृतिक विकास केन्द्र महोत्तरीका पुर्ब अध्यक्ष राजेश्वर ठाकुरले बताउनु भयो ।

पछिल्लो समयमा झिझियामा युवापुस्ताको सहभागीता न्यून रहेको छ । त्यसैले यसको सांस्कृतिक पक्षलाई संरक्षण सम्बद्र्धन गर्न स्थानीय सरकार तथा प्रदेश सरकारले पनि भुमिका निर्वाह गर्नु पर्ने  पूर्व सभासद बसन्ती देवी झाको भनाई छ ।

गृष्मको बिदाइ र शीतको आगमनसंगै नवरात्रिभरि गाइने गीत र लोक नृत्य झिझियाले दशैँमा सबैको मनलाई प्रफुल्लित र आनन्द विभोर बनाइदिने गर्दछ । परापूर्वकालदेखि विशुद्ध तान्त्रिक विधिमा आधारित झिझिया नृत्यमा गाईने गीतमा शक्ति देवीको आराधना गर्ने गरिन्छ । 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);