तराई तथा मधेसका जिल्लाहरूमा आज होली मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तराई तथा मधेसका जिल्लाहरूमा आज होली मनाइँदै

काठमाडौं, १६ चैत । रंगहरूको पर्व होली तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासका साथ मनाइँदैछ ।

पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाउन लागिएको हो ।

होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ ।

स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा फागु र मधेशमा होली भन्ने प्रचलन रहेको छ । मैथिली भाषामा भने होलीलाई फगुआ र होरी पनि भनिन्छ ।

असत्यमाथि सत्यको विजय उत्सवको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसमा भएका कटुतालाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ । तर, कोरोनाको जोखिम बढेकाले ठूलो संख्यामा भेला भएर होली नमनाउन सरकारले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);