घोषणा भएको ६ महिनापछि चैत २७ गते प्रदान गरिदैँ विभूषण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

घोषणा भएको ६ महिनापछि चैत २७ गते प्रदान गरिदैँ विभूषण

काठमाडौं, १६ चैत। सरकारले २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषित विभूषण पाउने व्यक्तिलाई यही चैत २७ मा विभूषित गर्ने भएको छ ।

गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै विभूषणका लागि घोषणा गरिएकाहरुलाई चैत २७ गते राष्ट्रपति कार्यालयमा विभूषित गर्ने जानकारी गराएको छ ।

यसअघि नै विभूषण प्रदान गरिसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण विभूषणमा ढिलाई भएको हो ।

महाउज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रवल जनसेवा श्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री प्राप्त गर्नेहरुलाई चैत २७ गते बिहान १० बजे शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा उपस्थित हुन सूचनामार्फत आव्हान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);