१६ जना सञ्चारकर्मीलाई विभूषण

काठमाडौं, ३ असोज । हरेक वर्ष संविधान दिवसको अवसरमा प्रदान गरिदै आएको विभूषण पाउनेमध्ये १६ जना सञ्चारकर्मी समेत रहेका छन् ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याएवापत सरकारले १४ जना पत्रकार र २ जना सञ्चारकर्मीलाई गरि १६ जनालाई विभूषित गर्ने भएको हो ।

कीर्तिमय राष्ट्रद्वीप चतुर्थबाट ८ जना पत्रकारहरु सम्मानित हुने भएका छन् । जसमा डा. राजेश झा ‘अहिराज’, सागर पण्डित, राजेश कुमार अर्याल, गोविन्द प्रसाद भण्डारी, शुभशंकर कँडेल, धर्मेन्द्र कर्ण, शुभेच्छा विन्दु तुलाधर र चिरञ्जीवी मास्के छन् । यसैगरी सूर्यमणी गौतम, मोहन बस्नेत, लिलाराज खनाल, दाङका सविन प्रियासन चौधरी, हरिनारायण गौतम र टिका विष्टलाई जनसेवा श्री पञ्चम पाएका छन् ।

जनसेवा श्री पञ्चम पाउनेको सूचीमा सञ्चारकर्मीद्वय तेजदत्त खकुराल र कृष्णचन्द्र लामिछानेको नाम समावेश छ ।

Leave a Reply