महामारीको अवस्थामा भीडभाड गरी प्रदर्शन नगरिदिनुस् : कुलमान घिसिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

महामारीको अवस्थामा भीडभाड गरी प्रदर्शन नगरिदिनुस् : कुलमान घिसिङ

kulman ghising

काठमाडौं, ३ असोज । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

शनिबार सामाजिक संजालमा एक विज्ञप्ति जारी गर्दै घिसिङले नेपाल सरकारले कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरिसकेको बताउनुभयो । उहाँले प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवॅ स्वाभाविक प्रकृया भएकोले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ पनि बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकार मा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ । विश्वब्यापि रूपमा फैलीएकोे कोभिद -19 का कारण नेपालमा पनि अत्रान्ता भएको बेला मलाई प्राधिकरण को कार्यकारि निर्देशक मा निरन्तरता दिनु पर्ने भन्ने माग राखी माहामारि संवेदनशील अबस्था मा सडक मा भिडभाड गरी प्रर्दशन नगरी दिनु हुन सबै लाई हार्दिक अनुरोध गर्दछु । ‘

Leave a Reply