मंगलबारदेखि सार्वजनिक यातायात अनिश्चितकालिन बन्दको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मंगलबारदेखि सार्वजनिक यातायात अनिश्चितकालिन बन्दको घोषणा

दाङ, १६ चैत । दाङका यातायात मजदुरहरु आन्दोलित भएका छन् । उनीहरुले विभिन्न माग राख्दै आउदो मंगलबार यहि चैत १७ गते देखी सार्वजनिक यातायात सेवा अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् ।

यातायात मजदुर संग सम्वन्धित तिन वटा यातायात मजदुर संघ संगठनहरुले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ नेपाल यातायात मजदुर संघ ईकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले सयुक्तहरुमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।

कोरोना माहामारीका कारण लामो समय सम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्नो समय यातायात व्यवसायीहरुको अस्वस्थ्य प्रतिष्प्रर्धाका कारण झनै समस्यामा परेको भन्दै आफुहरु आन्दोलित भएको संगठनका जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले बताउनुभयो ।

यस अघि पनि तिन वटै मजदुर संघ संगठनहरुले आफना मागहरु कार्यन्वयन गर्नका लागी सम्वन्धित यातायात प्रालि समक्ष राखेर प्रालिका पदाधिकारी संग बारम्बार छलफल र बार्ता गरेपनि कुनै सुनुवाई नभएको हुदा आफुहरुले अहिले बाध्य भएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको यातायात मजदुर संघ ईकाई तुलसीपुरका अध्यक्ष सुवर्णराज भण्डारीले बताउनुभयो ।

आफुहरु आन्दोलित हुनु पर्ने बाध्यता भएकाले यो कदम चालेको उहाको भनाई छ । पहिलो चरण अन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पुरा नभए थप संघर्ष गदै सम्पुर्ण यातायात क्षेत्र बन्द गर्ने उनीहरुको चेतावनी छ ।

उनीहरुले यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुले सहज रुपमा तलव भत्ता पाउन नसकेको हुँदा यसको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षाकोष ऐन २०७४ सम्वन्धित यातायात प्रालिहरुले लागु गरी कार्यन्वयन गर्नुपर्ने र कार्यन्वयनकालागि नेपाल सरकारले तदारुकता देखाउनु पर्ने , नेपाल सरकार, नेपाल यातायात राष्ट्रियमहासंघ, तीनवटै मजदुर ट्रेड युनियन बिच भएको सयुक्त बैठकले गरेको निर्णय कार्यन्वयन गर्नुपर्ने र नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताको आधारमा यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई समाबेश नगरिएको हुँदा नेपाल सरकार र सम्वन्धित प्रालिहरुले यस प्रति चासो देखाउनु पर्ने विषयहरुको तत्काल सुनुवाई गर्न माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);