सार्वजनिक यातायातको जोरबिजोर प्रणाली हटाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सार्वजनिक यातायातको जोरबिजोर प्रणाली हटाउने तयारी

gadi jor bijor

काठमाडौं, २१ मंसिर । मंसिर २५ गतेदेखि यातायात व्यवसायीहरुले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने तयारी गरेका छन् ।

कोरोनाभाइरसका कारण गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात भदौ एक गतेदेखि जोरबिजोर प्रणाली लागूगरी सञ्चालन हुँदै आएको थियो ।

सार्वजनिक यातायात प्रति सरकार गैरजिम्मेवार भएको भन्दै मजदुर र व्यवसायी मिलेर मंसिर २५ गतेबाट जोरबिजोर प्रणाली हटाउन लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

यसका लागि सीसीएमसीलाई पत्र पठाउने तयार भैरहेको बताइएको छ । सार्वजनिक यातायात प्रयाग गर्ने यात्रुको चाप बढेकाले जोरबिजोर प्रणाली हटाउने तयारी भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);