काठमाडाैं उपत्यकामा आधा महिनापछि हट्याे सवारीसाधनकाे जाेरबिजाेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडाैं उपत्यकामा आधा महिनापछि हट्याे सवारीसाधनकाे जाेरबिजाेर

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएकाे हाे ।

७ माघ मध्यरातिदेखि जाेरबिजाेर लागू भएकाे थियाे । त्यसपछि १४ माघमा संशाेधन गर्दै सार्वजनिक सवारीसाधनमा जाेरबिजाेर हटाइएकाे थियाे । तर, निजी सवारीसाधनमा भने जाेरबिजाेर कायमै थियाे ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालले काेराेना महामारीमा जारी स्वास्थ्य मापदण्डकाे पालना गर्नेगरी जाेरबिजाेर हटाइएकाे बताए । उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएकाे छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);