हेटौँडामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हेटौँडामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू

हेटौँडा । हेटौँडामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ ।

हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू गरिएको हो ।

हेटौँडा भित्र सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू गरिएकोे मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको भनाई छ ।

कोरोना संक्रमणकोे रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि जोरबिजोर प्रणाली लागू गरिएको बताइएको छ । हेटौँडामा कोरोना संक्रमण तीव्ररुपमा बढिरहेको छ ।

यस्तै आजदेखि मकवानपुर भरको पर्यटकीय क्षेत्र, पार्क र वनभोजस्थल समेत बन्द गर्ने निर्णय भएको छ । सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई संक्रमक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);