गोरखाको बारपाक भूकम्पको छैटौँ स्मृति दिवस, चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

गोरखाको बारपाक भूकम्पको छैटौँ स्मृति दिवस, चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै

गोरखा । आज ६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस । विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९ सय ७९ जनाको निधन भएको थियो भने २२ हजार ३ यस ९ घाइते भएका थिए ।

भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५ सय ५३ विद्यालय, ४९ हजार ६ सय ८१ कक्षाकोठा, ५ सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।

यसैगरी ४ सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १ सय ७० सम्पदासहित ९ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३ सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २ सय १२ खानेपानी संरचना, ५३ सडक र २ सय ९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क प्राधिकरणसँग छ ।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । ६ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् ।

स्मृति दिवसको अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);