गोरखा भूकम्पको ३ वर्षे अवधिमा ४ सय ९५ परकम्पन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गोरखा भूकम्पको ३ वर्षे अवधिमा ४ सय ९५ परकम्पन

गोरखा, १२ बैशाख । भूकम्पको आज ३ वर्ष पूरा भएको छ । तीन वर्षको अवधिमा गोरखा भूकम्पको ४ सय ९५ परकम्पन गएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि वैशाख १३ गते र २९ गते सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर गएका ठूला परकम्पले १४ जिल्लामा ठूलो क्षति पुर्याएको थियो । गोरखा भूकम्पको ३ वर्षमा अहिलेसम्म ४ सय ९५ वटा परकम्प गएका छन् । वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्द्र भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको अर्को दिन नै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली परकम्प गएको थियो ।

यो परकम्पले सिन्धुपाल्चोकमा गोरखा भूकम्पले भन्दा धेरै क्षति पुर्याएको थियो । यस्तै २०७२ सालकै वैशाख २९ गते दोलखाको सिंगटी केन्द्रबिन्दु भएर गएको ६ दशमलव ८ रेक्टर स्केलको परकम्पले सिंगटी बजारसहित दोलखाका धेरैजसो ठाउँका संरचना ध्वस्त बनाएको थियो । त्यस यता पनि विभिन्न समयमा ५ रेक्टरस्केल भन्दा मुनिका ४ सय ९५ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);