फेरि गयो भूकम्प, सर्वसाधारण सडकमा | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

फेरि गयो भूकम्प, सर्वसाधारण सडकमा

रामेछाप केन्द्रविन्दु भएर ४दशमलव ६ रेक्टर स्केलको परकम्प, काठमाडौं लगायत आसपासका जिल्लामा धक्का महसुस, गत वर्षकै भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रको भनाई

फेरि गयो भूकम्प

काठमाडौं । रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको छ ।

 

सोमबार बिहान ९ बजेर २३ मिनेटमा परकम्प गएको हो । परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो ।

 

यो २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । यसअघि फागुन ७ गते धादिङ केन्द्र विन्दु भएर ४ रेक्टरको परकम्प गएको थियो ।

माघको २८ गते पनि दार्चुला केन्द्र विन्दु भएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);