भूकम्प गएको तीन वर्ष, अझै पीडित त्रिपालमै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

भूकम्प गएको तीन वर्ष, अझै पीडित त्रिपालमै

tin barsha pura

काठमाडौं, १२ बैशाख । विनाशकारी भूकम्प गएको तीन वर्ष पुरा भएको छ । तीन वर्षअघिको भूकम्पबाट घरबार बिहीन भएका अधिकांश पीडितको अझै घर बन्न सकेको छैन् ।

सरकारले तीन लाख अनुदान दिएपनि अधिकांश पीडितहरुले अझै स्थायी आवास निर्माण गर्न सकेका छैनन् । निर्माण सामाग्रीको मुल्य आकासीदा सरकारले नियन्त्रणको प्रयास गर्न सकेको छैन । २०७२ बैशाख १२ को भूकम्पमा परि ८ हजार ७ सय ९० जनाको मृत्यु भएको थियो भने २२ हजार बढी घाइते भएका थिए । भौतिक संरचनामा भएको क्षति सँगै सामाजिक र मनोवैज्ञानिक असरले पनि प्रभावितलाई उत्तिकै पीडा दिएको छ ।

अति प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लामा भूकम्पको असर अझै बाँकी छ । भत्केका घरको पुनर्निर्माणमा समेत निर्धाति लक्ष्य अनुसार काम हुन सकेको छैन । अनुदानका लागि सम्झौता गरी पहिलो किस्ता लिनेको तुलनामा घर बनाउनेको संख्या कम छ । भूकम्पबाट झण्डै १० लाख निजी घरमा क्षति पुगेको थियो । लाभग्राहीको सुचिमा भने ७ लाख ६७ हजार परिवार परेका थिए । करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा भूकम्पले क्षति पुर्याएको थियो ।

तर, तीन वर्षमा एक लाख निजी घर बने पनि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा तथा सरकारी भवनहरुको पुनर्निर्माण हुन सकेको छैन । प्राधिकरण गठन भएर काम थालेको दुई वर्ष ४ महिनामा तीन प्रमुख कार्यकारी अधिकृत फेरिइसकेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा दलिय राजनीति हावी हुँदा निर्माण चुस्त हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);