भूकम्प गएको तीन वर्ष बित्दा पनि अझै पीडित त्रिपालमै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भूकम्प गएको तीन वर्ष बित्दा पनि अझै पीडित त्रिपालमै

bhukampa pidit tripal

अप्सरा गौतम
काठमाडौं, २ मंसिर
। बिनासकारी महाभुकम्प गएको तीन वर्ष भईसकेको छ । तर, पनि सरकारले घर निर्माणका लागि दिने अनुदान नपाएका अझै धेरै भुकम्पपीडित त्रिपालमै बस्न बाध्य छन् । पीडितहरु मध्ये कयौनले प्राधिकरणको सामान्य नियम पनि पालना नगरेका कारण सबै पीडितले अझै सरकारी अनुदान नपाएका हुन् ।

२०७२ साल बैशाख १२ गते गएको विनासकारी भुकम्पले हजारौको मृत्यु भएको थियो भने दश लाख भन्दा बढी मानव बस्ती ध्वस्त बनेका थिए । यस्ता पीडितलाई व्यवस्थापन र घर निर्माणका लागि भनेर सरकारले राष्ट्रिय  पूननिर्माण प्राधिकरण खडा गरी काम सुरु गरियो । यसै अनुरुप प्राधिकरणले गरेको सर्भैमा ९ लाख ९६ हजार ५ सय ८२ घरहरु पूननिर्माण गरिनुपर्ने थियो ।

जस मध्य घर निर्माणका लागि हाल सम्म पहिला किस्ता पाउने लाभग्राहीको संख्या ७ लाख २६ हजार ३ सय ३२ मात्र रहेका छन भने दोस्रो किस्ता पाउने लाभग्राहीको संख्या ५ लाख १७ हजार ९ सय ९९ रहेका छन् । त्यस्तै, तेस्रो किस्ता पाउने ३ लाख १९ हजार ५ सय ९७ रहेका छन् ।

प्राधिकरणका अनुसार भुकप्पले देशका ३१ जिल्लामा क्षती पुर्याएको थियो । जस मध्य सबै भन्दा बढी क्षती सिन्धुपाल्चोक, गोर्खा लगायत ११ जिल्लामा छन् । यी जिल्लामा रहेका भुकप्प पीडितलाई प्राधिकरणले पहिलो किस्ता प्राप्त गर्नैले डिपीसी लेवल सम्म निर्माण गर्नुपर्ने र दोसा्रे किस्ताका लागि छानो लेवल सम्म निर्माण गर्नुपर्ने नियम बनाएको छ । तर, अनुगमनका क्रममा धेरैले छानो नबनाएका कारण पहिलो किस्ता भन्दा दोस्रो किस्ता बुझने पीडित अहिले कम देखिएको प्राधिकरणको भनाई छ ।

त्यसैगरी, सरकाले बनाएको मापदण्ड अनुसार घर निर्माण नभएका कारण पनि तेस्रो किस्ता झनै कमले लिएका छन् । हाल सम्म सरकारी अनुदानबाट बन्दै गरेका घरहरुको संख्या भने ५ लाख ६० हजार ७ सय ६९ रहेका छन् भने निर्माण सम्पन्न भईसकेका घरहरु ३ लाख १५ हजार ८ सय ८१ रहेका छन् ।

१६ देखि १८ हजार सम्मले भने रकम दिदा पनि घर निर्माण गर्न नसक्ने अबस्थामा रहेका छन् । विशेष गरी एकल महिला, बृद्धबृद्धा, बालबालिका रहेका छन् । त्यस्ता भुकम्प पीडितलाई प्राधिकरणले आफै घर निर्माण गरी दिने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);