ट्रकले च्यापिएर दुईजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्रकले च्यापिएर दुईजनाको मृत्यु

HETAUDA DURGHATANA

हेटौंडा, २ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना ६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । च्यापिदा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकले च्याप्दा ना४६प ६२१ नम्बरको मोटरसाइकलका चालक हेटौंडाका २० वर्षीय सुदिप घिमिरे र ना १ह ८९५९ नम्बरको अटोमा सवार हेटौंडाकै ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको हो ।

ट्रक सडकमै पल्टिएपछि राजमार्गसमेत अवरुद्ध भएको थियो । स्थानीय र प्रहरीले ट्रक हटाएर राजमार्ग सुचारु गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);