ललितपुरमा जनकशिक्षाको ट्रकले भ्यानलाई किच्दा २ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ललितपुरमा जनकशिक्षाको ट्रकले भ्यानलाई किच्दा २ को मृत्यु

lalitpur dhobighat accident

ललितपुर, २२ चैत । शुक्रवार ललितपुरको धोवीघाटमा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको मृत्यु भएको छ ।  जनकशिक्षा साम्रीको पाठ्यपुस्तक बोकेर सुर्खेतका लागि जाँदै गरेको ना १ घ ५३३ नमबरको ट्रक अनियन्त्रित भई बा ७ च २१३१ नम्बरको भ्यानलाई थिचेको थियो ।

ट्रकले थिचेपछि भ्यानमा सवार दुइजनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखा घर भइ ललितपुर बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भइ भैसीपाटी बस्ने ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् ।

त्यसैगरी दुर्घटनामा डोल्माकी १७ बर्षिया छोरी स्मृति शेर्पा घाइते भएकि छिन । उनको भैसेपाटी स्थित मेडसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);