सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

motercycle durghatana

काठमाडौं । बझाङको बुङगल नगरपालिका-२ गिरउस्थित सडकमा कालंगा हाईड्रोपावरको से.१ त २५६६ नम्बरको ट्याक्टरले किच्दा उक्त हाईड्रोपावरमा मजदुरी काम गर्ने सोह ठाउँ बस्ने ४५ वर्षीय मान बहादुर धामीको मंगलबार राति मृत्यु भएको छ ।

ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा अचानक ट्याक्टर ब्याक भई किच्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सिरहाको धनगढीमाई नगरपालिका-४ सन्तनगरस्थित सडकमा बा.२ ख ७१ नम्बरको बस अनियन्त्रित भई धान खेतमा पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा बरियारपट्टी गाउँपालिका-३ बस्ने ४० वर्षीय गणेश मुखियाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ११ जनालाई आरके मेडिसिटी धनगढीमा, १ जनालाई विराटनगर र १ जनालाई धरान घोपातर्फ उपचारको लागि पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सल्यानको कालिमाटी गाउँपालिका-३ रामपुरस्थित सडकमा ना.१ क ४६२५ नम्बरको टिपरको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भासिन जाँदा सोही टिपरले च्यापिएर सहचालक सोही गाउँपालिका-२ सिमलकुना बस्ने १९ वर्षीय ज्ञान बहादुर ओलीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);