बुधबारको सवारी दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बुधबारको सवारी दुर्घटना

काठमाडौं, १४ असोज । बुधबार देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । झापा, कालीकोट, बारा र धनुषामा भएका सवारी दुर्घटनामा चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ । झापाको शिवसताक्षी नगरपालिका(८ स्थित सडकमा बा ११ च ५९९० नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया कमला चापागाईको मंगलबार बेलुका मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालीकोटको तिलागुफा नगरपालिका(५, खल्लागार्ड पुल नजिकै सडकमा लु २ च २४१२ नम्बरको जीप अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा जिप चालक सुर्खेत भेरीगंगा नगरपालिका(१२ बस्ने २८ वर्षीय कर्णबहादुर खड्काको घट्नास्थलमै मृत्यु भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका(१ स्थित सडकमा ना ६ त ८२८३ नम्बरको ट्याक्टरले ना ६२ प ८३८ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटर चालक हाल पहिचान नखुलेका करिब २२ वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका(१, छवघरियामा ज १ त ७९५१ नम्बरको ट्याक्टरमा ज ५ प २६४२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ किशनपुर बस्ने ३५ वर्षीय प्रमोद सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जनाहामा उपचारको क्रममा मृत्यु भएको हो। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);