प्रसिद्ध राजदेवी मन्दिरमा बोकाबली नहुने | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

प्रसिद्ध राजदेवी मन्दिरमा बोकाबली नहुने

जनकपुरधाम, १४ असोज । प्रत्येक वर्ष दशैँको बेलामा महाअष्टमीका राती जनकपुरधामका प्रसिद्ध राजदेवी मन्दिरमा हुने हजाराैँ बोकाबली यसपाली नहुने भएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै यसवर्ष धनुषा जिल्लामा विजयी दशमीमा बलिप्रदान नहुने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना गर्दै कोरोना भाइरसलाई मध्यनजर गर्दै यसवर्षको वडा दशैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरुमा बोकाबली नचढाउने, कुनै किसिमको भीडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने भएको निर्णय पालना गर्न अनुरोध गरेको छ ।

राजनैतिक दलका प्रतिनिधी, प्रदेशसभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिका प्रनिनिधिहरुको उपस्थितिमा बसेको बैठकबाट जिल्ला प्रशासन कार्यालय धनुषाले यस्तो निर्णय गरेको हो । बोकाबली प्रदान रोकिएपछि जनकपुरधाम स्थित राजदेवी मन्दिरको पूजापाठ व्यवस्थापन गर्दै स्थानीय महावीर युवा कमिटीलाई ठूलै घाटा लाग्ने सम्भावना देखिन्छ ।

हजाराैँको संख्यामा हुने बोकाबलीमा प्रत्येक बोकाको टाउको बापत स्थानीय महाबीर युवा कमिटीले २ सय रुपैया लिने गरेका थिए । बोका(खसी)को टाउको बापतको लाखाैँ रुपैया आम्दनी हुने युवा क्ल्वलाई कोरोनाको कारण बन्द भएको बोकाबलीले घाटा हुने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);