ट्रकले किच्दा १४ वर्षिय बालकको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ट्रकले किच्दा १४ वर्षिय बालकको घटनास्थलमै मृत्यु

bara bachhako mrityu

बारा, १५ मंसिर । बाराको निजगढस्थित जमुना पैनीमा ट्रकले किच्दा १४ वर्षिय एक बालकको घटनास्थलमैं मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका ८ खयरघारीका करिव कार्की रहेको निजगढ प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ५ ख ८७६७ नम्बरको माल बहाक ट्रकले कार्कीलाई आज बिहान करिब १०ः४० बजे किचेको हो । साईकलमा सवार बालक एक्कासी ट्रक अगाडी लडेपछि उक्त दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

दुर्घटना गराउने ट्रक र चालक इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको जनाएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी टोली घटनास्थल पुगेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);