सल्यानमा ट्रकले किचेर तीन वर्षीय बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सल्यानमा ट्रकले किचेर तीन वर्षीय बालकको मृत्यु

death child

सल्यान। सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका-१ श्रीनगर बजारमा लु१ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका तीन वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको हो । घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने भनी चालक चुडामणि बस्नेतले ट्रक चलाएर अगाडि बढाउने क्रममा एक्कासी ट्रकतर्फ आउँदै गरेका बालक कृतिकलाई पछाडिको टायरले च्यापेको थियो । टायरले च्यापेर गम्भीर घाइते भएका बालक भण्डारीको स्थानीय परोपकार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चालक बस्नेतसहित ट्रक नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);