धादिङको मलेखुमा ८ कक्षामा अध्ययनरत २ बालकको ट्रकले किचेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

धादिङको मलेखुमा ८ कक्षामा अध्ययनरत २ बालकको ट्रकले किचेर मृत्यु

धादिङ, १७ असोज । धादिङमा ट्रकको ठक्करबाट २ जना बालकको मृत्यु भएको छ । गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्युशन पढ्न गएका बालकहरु निर्मल श्रेष्ठ र सन्जिब श्रेष्ठको ट्रकले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट चितवनतर्फ जादैं गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले बुधबार बिहान उनीहरुलाई ठक्कर दिएको थियो ।

दुवै बालकहरु बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । सोही घटनालाई लिएर स्थानीयहरुले पृथ्वीराजमार्ग अबरुद्ध गराएका छन् । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);