काठमाडौँ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरिको मौसम साधारणतया बदली रहने देखिएको छ । दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात समेत हुनसक्ने विभागले जनाएको छ। यस्तै, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यसैगरी, रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका पहाडी र तराई भू–भागका केही स्थानमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने देखिएको छ । राति कोशी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
ताजा समाचार
इरानमाथि अमेरिकी सेनाको नयाँ चरणको आक्रमण
३५ मिनेट अघि
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
४६ मिनेट अघि




