इजरायल र लेबनानका प्रतिनिधिहरूबीच युद्धविराम सम्झौताको कार्यान्वयन र सीमा सुरक्षाका मुद्दाहरूमा केन्द्रित रही रोममा नयाँ चरणको वार्ता शुरु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलवारदेखि शुरु भएको यस वार्ताले दुई देशबीचको तनाव कम गर्ने र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य राखेको छ । इटालीको समाचार एजेन्सी ‘आन्सा’ काअनुसार रोमस्थित अमेरिकी दुतावासमा दुई दिने बन्दसत्र वार्ता आयोजना गरिएको हो । यस वार्तामा सैन्य अधिकारीहरूको सट्टा दुवै पक्षका उच्चस्तरीय कुटनीतिक प्रतिनिधिमण्डलहरूको सहभागिता रहेको छ । गत जुन महिनाको अन्त्यमा वासिङ्टनमा अमेरिकाको मध्यस्थतामा भएको ‘फ्रेमवर्क सम्झौता’ पछि दुई देशबीच भएको यो पहिलो औपचारिक वार्ता हो । यस छलफललाई भविष्यमा हुने अन्तिम शान्ति सम्झौताको आधारशिलाका रूपमा हेरिएको छ । वार्ताको मुख्य विषय दक्षिण लेबनानका ‘पाइलट जोन’ हरूको कार्यान्वयनमा केन्द्रित छ, जुन हाल इजरायली सेनाको नियन्त्रणमा रहेका छन् । पूर्वसहमति अनुसार इजरायली सेना ती क्षेत्रहरूबाट क्रमिक रूपमा पछि हट्ने र उक्त क्षेत्रहरूको सुरक्षा जिम्मेवारी लेबनानी सशस्त्र बललाई हस्तान्तरण गर्ने योजना छ । यद्यपि, यस प्रक्रियामा केही गतिरोधहरू कायम छन् । इजरायलले आफ्नो सेना पूर्ण रूपमा फिर्ता हुनुअघि सशस्त्र समूह हेजबुल्लाहको निशस्त्रीकरण हुनुपर्ने सर्त अघि सारेको छ । अर्कोतर्फ, हेजबुल्लाहले भने कुनैपनि शर्तअघि इजरायली सेना लेबनानी भूभागबाट पूर्ण रूपमा हट्नुपर्ने अडान राख्दै आएको छ ।
यसैबीच, इटालीका उपप्रधानमन्त्री एवं विदेशमन्त्री एन्टोनियो ताजानीले रोममा यो वार्ता आयोजना हुनुले मध्यपूर्वको मामिलामा इटालीको प्रभावकारी भूमिकालाई स्पष्ट पारेको बताउनुभएको छ । उहाँले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न इटाली सधैं सहयोग गर्न तत्पर रहेको समेत उल्लेख गर्नुभयो ।
इजरायल र लेबनानबीच रोममा वार्ता शुरुः युद्धविराम र सीमा सुरक्षा मुख्य एजेण्डा
ताजा समाचार
इरानमाथि अमेरिकी सेनाको नयाँ चरणको आक्रमण
५० मिनेट अघि
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
१ घन्टा अघि




