अध्यक्ष ओली र नेता नेपालबीच आकस्मिक भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अध्यक्ष ओली र नेता नेपालबीच आकस्मिक भेटवार्ता

काठमाडाैं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आकस्मिक वार्ता सुरू भएको छ । दुई नेताबीच नागपोखरीस्थित मेरियट होटेलमा वार्ता शुरु भएका एमाले सो्रतले जनाएको हो । एमाले फुटको संघारमा पुगेका बेला अध्यक्ष ओली र नेता नेपाल बीच छलफलमा जेटेको यो पहिलो हो ।

अहिले पनि छलफल जारी रहेको जनाइएको छ । एमाले सो्रतकाअनुसार पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ । ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टीमा विवाद थप उत्कर्षमा पुगेको छ ।

यसअघि आजै नेता योगेश भट्टराई र एमाले अध्यक्ष एवंम प्रधानमन्त्री ओलीवीच प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा लामो भेट बार्ता भएको थियो । सो अवसरमा नेता भट्टराइले एकता जोगाउन प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);