सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पार्टी अध्यक्ष दाहाललाई | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पार्टी अध्यक्ष दाहाललाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिएको छ। बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय कहिले गर्ने भन्ने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको पवक्ता नारायण काजी श्रेष्ठले बताए ।

उनले भने , सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिनेभन्दा पनि अन्य दलसँग छलफल गरेर उपयुक्त समयमा फिर्ता लिइने हो । विधान संशोधन मस्यौदाका आधारमा आफ्नो सङ्गठनात्मक कार्ययोजना केही दिन पछाडीको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने र त्यसअनुसार सङ्गठनात्मक योजनालाई अगाडी बढाउने निर्णय पनि गरिएको उनले बताए ।

त्यसले सिङ्गै पार्टी सङ्गठन भित्र र पार्टीको भातृ सङ्गठनहरुमा सङ्गठनात्मक रुपमा सुदृढिकरणको नयाँ अभियान सञ्चालन गर्नेछ भन्ने हामिले विश्वास लिएको उनले बताएका छन ।

अध्यक्ष कमरेडले यस अवधिमा सङ्गठनात्मक कार्यदलले सङ्गठनात्मक कार्ययोजना तय गर्ने अवधिमै केही दिनभित्र राजनीतिक प्रतिवेदन तयार गर्ने, त्यो राजनीतिक प्रतिवेदन स्थायी कमिटीको बैठकमा प्रस्ताव गर्ने, स्थायी कमिटीको बैठकले त्यसलाई केन्द्रीय कमिटीको बैठकको निम्ति प्रस्तावको रुपमा अगाडी बढाउने निष्कर्ष समेत निकालिएको उनले बताएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);