माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार बस्ने

काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटी बैठक सोमबार बस्ने भएको छ ।

सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक अवस्था,सत्ता साझेदारी लगायत विषयमा छलफल हुने उनले बताए ।

सोमबारको बैठकले केन्द्रीय कमिटी बैठकको मिति तोक्ने र पार्टीको प्रशिक्षण अभियानबारे पनि निर्णय गर्ने श्रेष्ठले जानकारी दिए । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गर्न सक्ने श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले सरकारलाई दिएको समर्थन पहिले नै फिर्ता लिइसकेको र भोलि औपचारिक रुपमै फिर्ता लिने जानकारी दिएका छन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);