माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैः सरकारलाई दिएको समर्थन फिर्ता लिनेसक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैः सरकारलाई दिएको समर्थन फिर्ता लिनेसक्ने

काठमाडौं, २६ फागुन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको बैठक बस्नु अगाडि पार्टी कार्यलय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

आजको बैठकमा पनि आगामी राजनीतिक परिस्थिति र सत्ता समीकरण र सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने लगाएतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि मंगलबारको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नयाँ राजनीतिक घटनाक्रम, संसद सञ्चालन, सरकार निर्माणको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपासँग वार्ता गर्ने निर्णय भएको थियो ।

पार्टीको निर्णयसँगै अध्यक्ष दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग मंगलबार नै भेटवार्ता गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);