निष्ठा गुमाउँदै गएको नेतृत्वसँग विचार र सिद्धान्तको बहस ! (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निष्ठा गुमाउँदै गएको नेतृत्वसँग विचार र सिद्धान्तको बहस ! (भिडियाेसहित)

२०७२ सालमा नयाँ नेपालको संविधान जारी भए लगत्तै राजनितिक क्रान्तिको चक्र पूरा भएकाले अब आर्थिक क्रान्तिको युग आरम्भ भएको भनिएको थियो । संविधान जारी भए लगत्तै सम्पन्न तीनवटै तहका निर्वाचनमा वामपन्थी एकाधिकार कायम भएपछि, अब भने भनिएजस्तै आर्थिक क्रान्तिको सुरुआत हुने अपेक्षा धेरैले गरेका पनि थिए । तर अपेक्षा अनुकूल न त राजनीति अगाडि बढ्यो, न मुलुकले नै गति लिनसक्यो ।

पछिल्लो प्रतिनिधि सभाको निर्वाचन लगत्तै बनेको वाम बहुमतको सरकारले दुई वर्ष कटाउन पनि पाएको थिएन, मुलुकको राजनीति चुनाव अगाडिकै स्थितिमा पुग्यो । सत्तारुढ दलमा सुरु भएको गुटको झगडाले बहुमतको सरकार आफैंले आफैंलाई असहाय महशुस गर्नुपर्ने स्थितिमा आईपुगेको छ । पछिल्लो चरणमा सत्ताधारी पार्टी नेकपाको नामलाई लिएर सर्वोच्च अदालतमा परेको एउटा मुद्दामा अदालतले गत आइतबार निर्णय दिए लगत्तै सत्तारुढ दलले संसदमै बहुमत गुमाउन पुगेको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई अदालतले खारेज गरिदिए लगत्तै अब यी दुवै पार्टी पुरानै स्वरुपमा फर्किएका छन् । संसद्मा १ सय ७३ सांसद सहित बहुमतमा रहेको साबिक नेकपाको सरकार अदालतको फैसला लगत्तै एमालेमा रुपान्तरण भएको छ । एमालेसँग यतिबेला १ सय २० सांसद मात्रै संसद्मा रहेका छन् । अदालतको फैसलाकै कारण नेकपा विधिवत विघटनमा परेको छ ।

एकताको यो ३३ महिने अवधिमा नेकपा र त्यसैको नेतृत्वमा रहेका प्रधानमन्त्री ओलीले यो अवधिमा पार्टी भित्रैको गुटका कारण भोग्नु परेको फजितिकै कारण सरकारले जनअपेक्षा अनुरुप काम पनि गर्न नसकेकै हो । यस्तोमा, अदालतले फैसला सुनाउनासाथ एमाले पंक्तिभित्रैबाट खुशियाली पनि नमनाईएको हैन । तर, उनीहरुले नबुझेको कुरा के पनि हो भने यतिबेला नेकपाबाट माओवादी केन्द्रमात्रै छुट्टिएको हो ।

पछिल्लो समय नेकपामा समाहित एमालेभित्रै उम्रिएको गुटरुपी बटवृक्ष यतिबेला झांगिईसकेको छ । र त्यो एमाले भित्रै छ । यस्तोमा एमाले र त्यसको नेतृत्वका लागि भोलिको राजनीति सोचेजस्तो सहज देखिने कुनै लक्षण पनि छैन । वामपन्थी राजनीतिमा विचार, सिद्धान्त र निष्ठालाई पार्टी जीवनको महत्वपूर्ण पाटो मानिन्छ । जुन पार्टी विचार, सिद्धान्त र निष्ठाका आधारमा सञ्चालित भएको हुन्छ, त्यसले आफ्ना अगाडिका सबै खाले बाधा अवरोधलाई सहजै पन्छाउन सक्दछन् । तर, पछिल्लो समय एमालेमा फस्टाएको प्रवृति भने वामपन्थी आचरणकै विपरीतका रहेका छन् ।

विचार, सिद्धान्त र निष्ठाशून्य नेता र कार्यकताको झुण्डका रुपमा एमाले भित्र एउटा पंक्ति जहिल्यै नेतृत्वका सामु अवरोध बनेर उभिंदै आएको छ । पार्टी नेतृत्वमै रहेका नेताहरु विचार र निष्ठाबाट विचलित भएर व्यक्तिगत कुण्ठा हुँदा संलग्न पार्टी त प्रभावित हुन्छ नै यसले पार्ने असरबाट मुलुक पनि मुक्त हुँदैन । यस्तो प्रवृतिले मुलुकलाई नै अन्योलपूर्ण स्थितिमा पु¥याउँदछ । जुन यतिबेला एमालेमा देखिने स्पष्ट संकेत मिल्न थालेको छ ।

एमाले भित्रैको माधवकुमार नेपाल लगायत एमाले पार्टी निर्माणमा योगदान दिएका कतिपय नेताहरु यतिबेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा देखिएका छन् । तर यिनको यो विरोधमा कहीं कतै विचार र सिद्धान्तको ओत पाईएको छैन । पार्टी र सकारमा भागबण्डा, उसका र आफ्ना भन्ने शक्ति र पदको झगडाले नै विवादको रुप लिएको पाईएको छ । जहाँ निष्ठाको कुनै गुन्जायस नै देखिंदैन ।

झगडाको मुलकारण बनेको शक्ति र पदको विषयले पार्टी प्रतिको निष्ठालाई नै नामेट गरिदिएको यो नयाँ चरणबाट एमालेले अबको राजनीति सुरु गर्नुपर्ने भएबाट पनि पार्टीका आगामी दिन त्यति सहज देखिएको छैन । यसमा पार्टी नेतृत्व र निज निकटका नेता कार्यकर्ताले समय रहँदै ध्यान पु¥याउनु जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);