ओली र नेपालबीच पार्टी कार्यालयमा भेटवार्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ओली र नेपालबीच पार्टी कार्यालयमा भेटवार्ता हुँदै

काठमाडौं, २ चैत। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता हुन लागेको बताइएको छ । भेटवार्तामा एमालेमा देखिएको आन्तरिक विवाद समाधानका सम्बान्धमा छलफल हुने बताइएको छ ।

वार्ताका लागि प्रधानमन्त्री ओलीले आफ्नो निवास बालुवाटारमा बोलाएको भएपनि नेता नेपालले पार्टी कार्यालयमा बस्न भनेपछि वार्ता धुम्बारहीमा हुने भएको हो ।

वार्तामा प्रधानमन्त्री ओली इश्वर पोखरेल, प्रदीप नेपाल, विष्णु पौडेल सहित र नेपाल झलनाथ खनाललगायतका नेताहरु सहित सहभागी हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);