अध्यक्ष ओली र नेपालबीच छलफल सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अध्यक्ष ओली र नेपालबीच छलफल सकियो

छलफल अघि धरहरा अवलोकन गर्दै अध्यक्ष ओली र नेपाल (तस्विर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुकको वालबाट)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार सुरु भएको वार्ता सकिएको छ। केहीबेर अघि सुरुे सो छलफलबाट प्रधानमन्त्री ओली बाहिरिएका छन् । पार्टी भित्र उत्पन्न समस्या समाधानका बिषयमा केन्द्रित बताइएको थियो।

मेरियट होटलमा सुरु भएको सो छलफलले निकास निस्कने पार्टीका नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर होटलबाट बाहिरिएका प्रधामनन्त्री ओलीले कुनै प्रतिक्रिया दिन मानेनन् बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता भएको थियो ।

बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे लामो कुराकानी गरेको भनिएको थियो । भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको भनिएको थियो, तर सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका थिए ।

नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले कारबाही गर्ने ओली समूहका नेताहरुले बताउँदै आएका छन् ।

बिहीबार छलफलका क्रममा दुबै नेताले होटलको झ्यालबाट संगै उभिएर धरहरा अवलोकन गरेका थियो। सो फोटो समाजिक संजालमा भईरल भएपछि वार्ता सकारात्मक दिशमा गएको भन्दै नेता तथा कार्यकर्ताले खुशी प्रकट गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);