नेकपा एमालेको पार्टी कार्यालयमा दिनभर तनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपा एमालेको पार्टी कार्यालयमा दिनभर तनाव

शालिकराम चालिसे,
नुवाकोट
। नेकपा एमालेको पार्टी कार्यालयमा आज दिनभर तनाव भएको छ । नेकपा एमालेको माधवकुमार नेपाल समुहले जिल्ला कार्यसमितिको बैठक बोलाएपछि ओली समूहले बैठक रोक्न खोजेपछि जिल्लास्तरीय नेता तथा कार्यकर्ताबीच विवाद देखिएको हो ।

नेपाल पक्षका कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा बैठक बस्ने भनेपछि ओली पक्षधर नेताले त्यसमा अवरोध पुर्याएका थिए । ओली पक्षले उनीहरुलाई पार्टी कार्यालयमा बैठक नराख्न भन्दै ताला लगाएपछि दुईपक्षका कार्यकर्ताबीच हात हालाहालको अवस्था थियो ।

ओली पक्षका कार्यकर्ताको अवरोधबीच नेपाल पक्षका कार्यकर्ताले कार्यालयमा लगाएको ताला फुटाएर बैठक सञ्चालन गरेका छन् । कार्यकर्ताबीच चर्काचकी बढेपछि स्थानीय प्रशासनले पार्टी कार्यालय परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको थियो ।

बैठकपछि माधव नेपाल समूहका अध्यक्ष नारायण प्रसाद खतिवडाले नेकपा एमाले एकजुट भएर अघि बढ्ने बताए । उनले पार्टीका सबै संगठन एक भएर अघि बढ्ने निर्णय भएको बताए । उनले नेकपा एमाले फेरि एकताबद्ध भएर अघि बढ्ने समेत दाबी गरे ।

नुवाकोटमा नेकपा एमालेमा माधव नेपाल समुहको बहुमत रहेको छ । तत्कालिन एमालेमा रहेका ६५ जिल्ला कार्यसमितिका सदस्यमध्ये ४५ सदस्य आफ्नो पक्षमा रहेको माधव नेपाल समुहले दाबी गरेको छ ।

कार्यालयभित्र नेपालपक्षको बैठक चलिरहँदा ओली समूहले कार्यालय घेराउ गर्न थालेपछि प्रहरीले विशेष सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);