Our Network

मंसिर १४ २०७८, मंगलबार

कैलालीमा एमाले र एसका कार्यकर्ताबीच झडपः सीडीओको टाउको फोड्ने चेतावनी

कैलाली । नेकपा एमालेबाट फुटेर बनेको माधव कुमार नेपाल नेतृत्वको समाजबादी पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच कैलालीमा झडप परेको छ । कैलालीमा रहेको नेकपा एमालेको भवनको विषयलाई लिएर दुवै पक्ष विच झडप भएको हो । झडप विच कैलालीका प्रमुुख जिल्ला अधिकारीको टाउको फुटाउन आफुहरु तयार रहेको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले बताएकी छिन् ।

उनले विवादमा प्रशासनले सहमतिका लागि वातावरण जुटाउन नसकेको भन्दै मंगलबार यस्तो अभिव्यक्ति दिएकी हुन् । दुई पार्टीका नेता तथा कार्कर्ताहरूबीच विवाद बढेपछि उक्त कार्यालयमा प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । सहमति नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ अनुसार हाल उक्त भवन दुवै पक्षलाई प्रयोग गर्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply