कैलालीमा एमालेका दुई समूहबीच कुटाकुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कैलालीमा एमालेका दुई समूहबीच कुटाकुट

कैलाली, २६ फागुन । कैलालीमा नेकपा एमाले भित्रका दुई समूहबीच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमाले ओली समूह र माधव समूहका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए ।

यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);