मुस्कानलाई मुस्लिम आयोगले विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुस्कानलाई मुस्लिम आयोगले विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने

काठमाडौं, २६ फागुन । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो ।

बुधबार आयोग कार्यालयमा एसिड पिडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गरे । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एशिड बिरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहशको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताए ।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताए । आफूले एसिड बिरुद्ध जनचेतना जगाउन काममा सधै लाग्ने पनि बताए ।

केहि दिन अघि मुस्कानलाई अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशिल भएर कार्य गरिरहेको भनेर सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तराष्ट्रिय महिला दिवशको अवसरमा विशेष सम्मान पनि गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);