स्वास्थमन्त्रीद्वारा गृह जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

स्वास्थमन्त्रीद्वारा गृह जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात

जीवन न्यौपाने

नवलपरासी, २६ फागुन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले गृहजिल्ला पश्चिम नवलपरासीमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बुधबार एक कार्यक्रमका बीच मन्त्री त्रिपाठी स्वयंले स्वास्थ्य बिमा सदस्यता दर्ता गरि स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

नेपाल सरकारले २०७२ साल देखी सुरुवात गरेको स्वास्थ्य बिमा कार्यक्रम ६९ औं जिल्लाको रुपमा बुधबारबाट पश्चिम नवलपरासीमा समेत सुरु भएको छ ।

सोहि कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले मन्त्रालयले कोरोना विरुद्धको खोप अभियानका साथै देशभरका सबै स्थानीय तहमा १० देखी १५ शैयाको अस्पताल निर्माण कार्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

कोरोनाको खोप किन्नका लागि सरकारले ४८ अर्ब रुपैयाँ बजेट छुट्टाएको बताउदै उनले सो रकमलाई कुसल व्यवस्थापन गर्दै सात वटै प्रदेशमा अन्तरास्ट्रिय स्तरको अस्पताल सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको बताए ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री त्रिपाठीले पछिल्लो समय जनताको राजनैतिक मनोबिज्ञानमा परिवर्तन आउन थालेको बताउदै अहिलेको राजनीति घटनाक्रम मध्यान्तर अवस्थामा भएको बताए ।

पश्चिम नवलपरासीमा स्वास्थ्य बीमा कार्यक्रमको लागि ७४ जना सहजकार्ता दर्ता रहेका छन् ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

२ घन्टा अघि