स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएन

healths insurance

प्रमिला भण्डारी

काठमाडौं, २० असार । स्वास्थ्य नै मानिसको सबै भन्दा ठुलो धन हो । तर नेपालका अधिकांश मानिस स्वास्थ्य सेवाको सहज पहुँचबाट बन्चित छन् । यस्तो अवस्थाको अन्त्यकालागि सरकारले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ । तर कार्यक्रम प्रभावकारी छैन ।

स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच पुर्याउने उद्देश्यले सरकारले २०७२ चैत्र २५ बाट औपचारीक रुपमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको थियो । कार्यक्रममा अहिले १८ लाख मानिस सहभागी भएका छन् । जसमध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष रहेका छन् ।

स्वास्थ्य सेवाको लागि आर्थिक समस्याको कारण कुनै पनि व्यक्तिले उपचार गर्न नसक्ने अवस्थाको अन्त्यको लागि कार्यक्रम सच्चालन गरिएको बोर्डले जनाएको छ । आर्थिक रुपमा विपन्न वर्गहरुलाई कार्यक्रमले प्राथमिकता दिएको भए पनि यो कार्यक्रम प्रत्येक व्यक्तिको लागि भएकोले यस कार्यक्रममा सहभागी भई सेवा लिन स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ ।

जनताको स्वास्थ्यलाई ध्यानमा राखी दीर्घकालीन लक्ष्यका साथ सुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रममा चुनौती र गुनासोहरु पनि आईरहेका छन् । कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य लिईएपनि सेवाका बारेमा मानिसहरुको गुनासो आउने गरेको बोर्डले स्विकार गरेको छ । विशेष गरि सेवाको गुणस्तर तथा अस्पतालहरुको पुर्वाधार, ल्याब, फार्मेसी, औषधी अभाव लगायतका समस्याबारेमा सेवाग्राहिको गुनासो आउने गरेको बोर्डको भनाई छ ।

सानो रकम योगदान गरेर ठूला स्वास्थ्य समस्याको समाधान गर्न सहयोग पुर्याउने कार्यक्रम हो, स्वास्थ बीमा कार्यक्रम । मानिसको स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन सोच बोकेको यो कार्यक्रमको उद्देश्य सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनु हो ।

तर कार्यक्रममा सहभागी भएका व्यक्ति पनि सेवाबाट पुर्ण सन्तुष्ट हुन भने सकेका छैनन् । भौगोलिक रुपमा पछाडि परेका स्थानमा अस्पतालहरु कम हुनु तथा भएका स्वास्थ्य चौकिहरुमा पनि औषधि अभाव जस्ता समस्या हुँदा सेवा प्रभावकारी बन्न सकेको देखिंदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);