औषधि सेवनको तरिका (स्वास्थ्य टिप्स) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

औषधि सेवनको तरिका (स्वास्थ्य टिप्स)

aausadhi

काठमाडौं, १९ असार । बिरामी मानिसको सहारा औषधि हो । यो बिरामीका लागि अन्तिम तथा निर्विकल्प बाध्यता पनि हो, बाँच्नका लागि । बिरामीका लागि उपचारमा सबैभन्दा महŒवपूर्ण मानिन्छ । तर, औषधि सेवनका विधि र तरिका हुन्छन् ।

चिकित्सकले सिफारिस गरिसकेपछि औषधि पसलबाट औषधि लिँदा बिरामी वा बिरामीका सहयोगीले यसको सेवनका विधि तथा तरिकाबारे निकै सतर्कता अपनाउनुपर्छ । यदि औषधि सेवनका यी विधि र तरिकाबारे बिरामी वा बिरामीका सहयोगी झुक्किए वा अलमलमा परे भने औषधिको सदुपयोग नभई दुरुपयोग हुन जान्छ र शरीरलाई उल्टै असर गर्छ । यस्तो गल्तीले बिरामीको ज्यान नै जाने हुन्छ । बिरामीलाई उपचारका लागि चिकित्सककहाँ पु¥याउनु पहिलो महŒवपूर्ण कुरा हो भने औषधि सेवनमा सजगता अपनाउनु बिरामी बचाउनका लागि अर्को महŒवपूर्ण पक्ष हो ।

तर, यावत् कुराहरू थाहा हुँदा हुँदै पनि औषधि सेवनमा त्रुटि हुन गयो भने चिकित्सकको चेकजाँच औषधि सिफारिस पछि पनि औषधि सेवनमा हुने कमजोरीले बिरामीको ज्यान जान सक्छ । यसको जवाफदेहिता बिरामी स्वयं हुनुपर्छ । औषधि खाने मात्र होइन, कहिले खाने ? कसरी खाने ? कति कति समयको फरकमा खाने ? औषधिको सिफारिस मात्रा कति हो ? यस्ता विषयमा निकै होस पु¥याउनुपर्छ । नेपालीहरूमा बिरामीप्रति केही विचार त पु¥याउने तर औषधि सेवनमा ख्याल नगर्ने प्रवृत्ति बढेर गएको छ । यो निकै दुःखको कुरा हो । औषधि सेवनबारे संवेदनशील देखिनु जरुरी छ । कुन औषधि र कति मात्रामा सेवन गरिरहेको छु भन्ने बिरामीले पनि हेक्का राख्नुपर्छ । यदि औषधि सेवनबारे लापरबाही गरियो भने त्यो बिरामीलाई औषधि नगर्नु बराबर नै हो ।

कतै कतै त स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिबारे विज्ञ र अनुभवी व्यक्तिले पनि त्यति चासो दिएको पाइँदैन । यो भनेको हदैसम्मको लापरबाही र अज्ञानता दुवै हो । कति बेला त हामीले औषधि खाएको एक महिना पछि मात्रै त्यो औषधिको सेवन गर्ने मिति सकिएको थाहा पाउने गरेका पनि छौं । यो कुरा औषधि किन्ने बेलामा नै मिति हेरेर पक्का गर्नुपर्छ ।

अस्पताल चिकित्सकले बिरामीका लागि औषधि लेखेकै बेला औषधि कुन हो ? कसरी खाने र कतिपटक खाने त्यो ख्याल पु¥याउनुपर्छ । औषधि सेवनले निम्त्याउने साइड इफेक्ट्सबारे पनि केही आवश्यक जानकार हुनुपर्छ । मुख्य गरी खाना पछि खाने कि खाना अघि खाने भन्नेमा त निकै ख्याल पु¥याउनुपर्छ ।

कति दिन, कति घण्टाको फरक, कुन पछि कुन र कसको मात्रा कति भन्नेमा ख्याल पु¥याउनैपर्छ । बिरामीले सेवन गर्ने औषधिको रोल के हो थाहा पाउनुपर्छ । कतिपयले त औषधि नियमित पनि सेवन नगर्ने र जथाभावी सेवन गर्ने पनि देखिएको छ त्यसैले बिरामीको जीवन स्वस्थ रहन र राख्न औषधि सेवनको तरिकामा निकै ध्यान दिनु जरुरी छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);