कोभिडका लागि रेम्डेसिभिर अनुपयुक्त : डब्ल्युएचओ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोभिडका लागि रेम्डेसिभिर अनुपयुक्त : डब्ल्युएचओ

एजेन्सी, ७ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हाल कोभिड नियन्त्रणका लागि विकल्पमा प्रयोगमा आईरहेको भ्याक्सिन रेम्डेसिभिर प्रयोग नगर्न बताएको छ । संगठनका विशेषज्ञहरूको समुहले रेम्डेसिभिरको प्रयोगले कोरोना ग्रसित विरामी को मेकानिकल भेण्टिलेसन र क्लिनिकल सुधारका दिशामा रेम्डेसिभिर प्रभावहीन रहेकाले कोभिड मृत्युदर र बिरामीमा कुनै पनि प्रभाव नपारेको कारण यो भ्याक्सिनको प्रयोगको कुनै अर्थ नरहेको संगठनले बताएको छ ।

उता, रेम्डेसिभिरको निर्माता कम्पनी गिलियड साइन्सेजले भने डब्लयुएचओको यो दाविको खण्डन गर्दै रेम्डेसिभिर औषधि विश्वभरि नै कोभिडका बिरामीमा प्रयोग भइरहेको बताएको छ । यद्यपी, शुरुवाती चरणमा कोभिड ग्रस्त विरामीहरुमा रेम्डेसिभिरको प्रभावकारिता देखिएको विभिन्न अध्ययनले बताएका छन् । डब्लयुएचओको यो पछिल्लो भनाईले महिनौँदेखि विश्वभर प्रयोगमा आइरहेको रेम्डेसिभिरको उपयोगिताबारे बहस र शंका उत्पन्न गराएको छ ।

अक्टोबरको अन्तिम साता अमेरिकन फुड एण्ड ड्रग्स डिपार्टमेण्ट(एफडिए)ले रेम्डेसिभिरलाई कोभिडविरुद्धको पहिलो औषधि घोषणा गरे पनि यसबारे झन् बहस चुलिएको थियो । नेसनल इन्स्टिच्युट अफ हेल्थले गरेको बृहत् अध्ययनले रेम्डेसिभिरको प्रयोगबाट बिरामीको संक्रमणबाट निको हुने दर ११ देखि १५ दिन घटाएको बताएको थियो ।

मार्चमा जब कोभिड महामारी चीन हुँदै युरोप, अमेरिकासम्म फैलिइसकेको थियो औषधि निर्माता कम्पनीहरू र अनुसन्धानकर्ताहरूले स्टेरोइडसहितको उपचार पद्धतिको खोजी गरेका थिए । सेप्टेम्बरमा विश्व स्वास्थ्य संगठनको विज्ञहरूको प्यानलले गम्भीर अवस्थाका बिरामीमा स्टेरोइड प्रयोगका लागि सिफारिस गरेको थियो । थप विश्लेषणका लागि प्यानलले नेसनल इन्स्टिच्युट अफ हेल्थको सहयोगमा चार चरणमा क्लिनिकल ट्रायल पनि गरेको थियो । जसमा पाँच हजारभन्दा बढी बिरामी सहभागी थिए । तर यो अध्ययन साइन्टिफिक जर्नलमा भने प्रकाशित गरिएको छैन ।

नेसनल इन्स्टिच्युट अफ हेल्थको उक्त अध्ययनले केही प्रतिशतमा औषधिले प्रभाव देखाएको बताएको छ । रेम्डेसिभिर औषधि केही निश्चित व्यक्तिका लागि प्रभावकारी हुन सक्ने भन्दै यसको ट्रायललाई भने जारी राख्न भनिएको छ ।

अक्टोबरमै एफडिएले प्रमाणित गरेपछि रेम्डेसिभिर पछिल्लो समय निकै प्रयोगमा आइरहेको छ । अन्य विज्ञहरूले भने विश्व स्वास्थ्य संगठनको निर्णय तत्कालका लागि उपयुक्त नभएको बताएका छन् । कोभिड संक्रमितमा अत्यधिक प्रयोग भइरहेकाले कोभिडका केही बिरामीमा पनि प्रभावकारी देखिएकोले ट्रायलमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।

यसअघि डेक्सामेथासोन नामक औषधि पनि प्रयोगमा ल्याइएको थियो । सामान्य लक्षण देखिएका बिरामीका लागि सो औषधि पनि प्रभावकारी रहेको थियो ।

(एजेन्सीको सहयोगमा)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);