रेम्डेसिभिर औषधि लुकाउने, बढी मूल्यमा बेच्नेलाई कडा कारबाही हुन्छ : औषधि व्यवस्था विभाग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रेम्डेसिभिर औषधि लुकाउने, बढी मूल्यमा बेच्नेलाई कडा कारबाही हुन्छ : औषधि व्यवस्था विभाग

काठमाडौं । कोभिडको बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मूल्य लिनेलाई विभागले कडा कारबाही गर्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको जानकारी दिए ।

कुनै बिक्रेताले औषधिको मूल्य लगायतको विक्रीमा अवैध काम गरे लाइसेन्स रद्द गराउने सम्मको कारबाही गर्न सकिने महानिर्देशक भट्टराईले बताए । बजारमा अलिअलि अभाव भएपनि आपूर्ति नियमित गर्न ३ हजार भाइल रेम्डेसिभिर बनारसबाट मगाइएको उनले जानकारी दिए ।

कोभिड अस्पतालको मागको आधारमा आवश्यक रेम्डेसिभिर र अत्यावश्यक औषधिको व्यवस्थापन गर्न विभागले सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको महानिर्देशक भट्टराईको भनाई छ ।

विभागले ५५ हजार रेम्डेसिभिर ल्याउन आयातकर्ताहरुलाई अनुमति दिएको बताएको छ । औषधिको अभावमा कोही बिरामी मर्नु नपरोस् भनेर काम गरिरहेको महानिर्देशक भट्टराईले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);