मुस्लिम आयोगले गर्यो धार्मिक सहिष्णुता खलबलाउनेलाई कारवाहीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

मुस्लिम आयोगले गर्यो धार्मिक सहिष्णुता खलबलाउनेलाई कारवाहीको माग

काठमाडौं, ८ असोज । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज आईतवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको हो । उहाँले मलगंवासहित मधेश प्रदेशका केहि जिल्लाहरुमा केही अराजक तत्वहरुले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्नुभयो । उहाँले कफ्र्युको बाबजुतपनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटिलाई दुव्र्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृह मन्त्रीलाई आग्रह गर्नुभयो । अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धी र देशको उन्नती प्रगतिको पक्षमा रहेको बताउनु भयो ।

अन्सारीले भन्नुभयो, ‘मुस्लिम आयोगको तर्फबाट र माननीय सांसद् ज्यु संयुक्त रुपमा जुन अहिलेको विषय मलगंवाको विषयमा र मधेश प्रदेशका केही जिल्लाहरुमा पनि जुन अराजक तत्वहरुले हाम्रो धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेका छन् । सामाजिक सद्भाव जुन सदिऔंदेखि हिन्दु, मुस्लिमहरु हामी मिलेर बसिरहेको समुदायविचमा केहि तत्वहरुले त्यसलाई विथोल्ने प्रयास गरिरहेको विषयमा शान्ति सुरक्षाका लागि र यसमा ठोस रुपमा प्रशासनको संलग्नता हुनुप¥यो भन्ने विषयमा हामीले ध्यानाकर्षण गरायौँ । जुन प्रकारको अहिले कफ्र्यु छ, कफ्र्युको बाबजुतपनि मुस्लीम समुदायको घरघरमा लुट्ने, चेलिबेटिलाई दुव्र्यवहार गर्ने यी यावत कुराहरु जुन् छ । यस विषयमा मन्त्री ज्यूलाई विशेष रुपमा ध्यानाकर्षण गरायौँ । उहाँले चहीँ अत्यन्तै गम्भिरताका साथ यो विषयमा ठोस कदम चाल्छौं । दोषी जो भएतापनि कारबाहीको दायरमा ल्याउँछौ भनेर भन्नुभएको छ । अहिले मलगंवामा अफ्ठेरो परिस्थिति छ । वीरगञ्जमा पनि घरमा छिरेर हात भाच्ने प्रयास भयो । यस्ता तत्वहरुलाई कानुनी दायरामा नल्याएसम्म देश शान्तिको दिशामा देश जान सक्छ भनेर मलाई लाग्दैन । मुस्लिम समुदाय देशम शान्ति हुनुपर्छ, समृद्ध हुनुपर्छ, देशको उन्नती र प्रगति हुनुपर्छ भन्ने चाहन्छ । आज मुस्लिम समुदायलाई हिन्दुले होइन, अन्य जातिले होइन, केहि अराजक तत्वहरुले प्रहार गरिरहेको छ । यसमा चाही हामी गम्भिर हुनुपर्छ । मन्त्री ज्यूले अत्यन्तै गम्भिर भएर यसको समाधान निकाल्ने बचनवद्धता हामीलाई दिनुभएको छ ।’

विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलंगवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिती सृजना भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);