मुस्लिम समुदायलाई खाद्यन्न लगायतका राहत सामग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

मुस्लिम समुदायलाई खाद्यन्न लगायतका राहत सामग्री वितरण

काठमाडौं,२६ चैत्र । मुस्लिम समुदायका गरिव र असहाय नागरिकका लागि खाद्यन्न लगायतका राहत सामग्री वितरण गरिएको छ । नेपाल–भारत मिलन परिषद् केन्द्रले आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच रमजान –व्रत बसेका गरिव असहाय इस्लाम समुदायका २ सय भन्दा बढी घर परिवारलाई सो राहत सामग्री उपलब्ध गराएको हो । भारतीय दुतावासको सहयोगमा उनीहरुलाई रमजान बसेको एक महिनासम्मलाई पुग्नेगरी खाद्यन्न, कपडासहितको राहत सामग्री उपलब्ध गराइएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो । उहाँले नेपाल भारत मिलन परिषद् केन्द्र भारतीय दुवावासको सहयोग जुटाएर वितरण गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल भारत मिलन परिषद् केन्द्र भारतीय दुवावासको सहयोग जुटाएर हामीले रमजानका लागि व्रत बसेको गरिव असहाय मुस्लिमहरुलाई राहत सामग्री वितरण गरेका हौं । यो राहत सामग्री लिनेमा २०० सय भन्दा बढिरहेका छन् । गत वर्ष पनि भारतीय दुतावासको सहयोगमा यो भन्दा ठूलो संख्यामा हामीले गरेका थियौं ।’

नेपाल–भारत मिलन परिषद् केन्द्रले गत वर्ष पनि भारतीय दुतावासको सहयोगमा रमजानको अवसर पारेर मुस्लिम समुदायका गरिव नागरिकलाई राहत सामग्री उपलब्ध गराएको थियो । अध्यक्ष अन्सारीले मुस्लिम समुदायका गरिव नागरिकलाई राहत सामग्री उपलब्ध गराउने काम गरेको भन्दै भारतीय दुतावासप्रति आभार पनि व्यक्त गर्नु भएको थियो ।

Leave a Reply