त्रिवि कीर्तिपुरमा अध्यनरत विद्यार्थीहरुलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

त्रिवि कीर्तिपुरमा अध्यनरत विद्यार्थीहरुलाई राहत वितरण

rahat

काठमाडौं, ५ वैशाख । कीर्तिपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्यनरत विद्यार्थीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ ।नगरपालिकाले शुक्रबार विश्वविद्यालयका करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो ।

लकडाउनका कारण विद्यार्थीहरुलाई खाद्य सामग्री अभाव नहोस भन्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले राहत वितरण गरेको हो । त्रिभुवन विश्व विद्यालयका प्राचार्य कृष्णप्रसाद आचार्यले नगरपालिकाको सहयोगमा विश्वविद्यालयमा अध्यनरत ५ सय जनाले राहत सामग्री पाएका जानकारी दिनुभयो ।

नगरपालिकाले विद्यार्थीहरुलाई १० किलो चामल, दाल, तेल, नुन, आलु लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);