विपन्न परिवारलाई खाद्य सामग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विपन्न परिवारलाई खाद्य सामग्री वितरण

झापा, १९ चैत । शिवसताछी नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने दैनिक ज्याला मजदुरी गर्ने बिपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । नगरपालिकाले आफ्नो वडा कार्यालयको समन्वयमा बिपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।

कोरोनको संक्रमण देखिए संगै सरकारले लक्डाउन गरे पछि दैनिक मजदुरी गरि घर परिवार चलाउने समस्यामा परेका छन् । बन्दले काम गर्न नपाएका परिवारलाई नेपाल सरकारले स्थानीय सरकारको समन्वयमा राहत उपलब्ध गराउने भएको छ । यसै अनुसार मंगलबार नगरपालिकाको वडा नं ३ ले वडामा बसोबास गरिरहेका ६० घर परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।

वितरित खाद्य सामग्री एक परिवारलाई १ हप्ता पुग्नेगरी परिवारको आकार हेरेर उपलब्ध गराइएको वडाध्यक्ष पुण्य सापकोटाले जानकारी दिनु भयो । उपलब्ध गराइएको सामग्रीमा चामल दाल र तेल र हात धुने साबुन रहेको छ ।

यस्तै नगरपालिकाले आफ्ना वडाहरुको सहयोगमा कोरोना बिरुद्ध जनाचेतना अभियान समेत संचालन गरेको वडाध्यक्ष सापकोटाले बताउनु भयो ।

नेपाल सरकारले कोरोनको कारण समस्यामा परेका विपन्न परिवारलाई अर्को ब्यबस्था नहुन्जेल सम्म सबै प्रकारको राहत सामग्री उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);