घर भत्किदा मृत्यु भएकी बिन्दुको परिवारलाई राहत प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

घर भत्किदा मृत्यु भएकी बिन्दुको परिवारलाई राहत प्रदान

दाङ। अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी ३ महिने बिन्दु चौधरीको परिवारलाई जिल्ला प्रशासन दाङ र घोराही नगरपालिकाले राहत प्रदान गरेको छ ।

मृतकका बुवा आशाराम चौधरीलाई घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट २ लाख र उपमहानगरको तर्फबाट किरिया खर्च २५ हजार गरि २ लाख २५ हजार प्रदान गरेका थिए ।

बिहीबार घोराही उपमहानगरपालिका १७ क्वाडी स्थित घर भत्किदा चौधरीको मृत्यु भएको थियो । उक्त घटनामा आमा र दिदी घाइते भएका थिए । दिदीको खुट्टामा गहिरो चोट लागेको छ, भने आमाको हात भाँच्चिएको छ ।

सुतिरहेको बेला वर्षा सँगै आएको हावाका कारण घरसँग रहेको गोठ घरमा ठोक्किन गइ घर भत्केको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बू कुरुम्बाङ, जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्ले लगायत पीडितको घरमै पुगेका थिए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले पनि चौधरी परिवारलाई गैर खाद्य राहत सामग्री वितरण गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);