मृतक खड्का परिवारलाई दुई लाख राहत हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

मृतक खड्का परिवारलाई दुई लाख राहत हस्तान्तरण

डडेल्धुरा । अविरल वर्षापछि घरमाथिको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका-८ की ५० वर्षीया पार्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

सोमाबार डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर पर्वतीका श्रीमान् धनबहादुर खड्कालाई दुई लाख रुयैयाँ राहत रकम हस्तान्तरण गरेका हुन् । संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समित डडेल्धुराले खड्का परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो। सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए।

गत बिहीबार दिउँसो घर नजिकै काम गरिरहेको बेला माथि भीरबाट एक्कासि खसेको ढुंगाले लागेर खड्का गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);