सुनसरीका बाढी पीडितले राहत पाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनसरी, ७ भदौ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता अगाडि बाढीमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली सहितको टोलीले मृतकका परिवारलाई भेटेर सरकारी राहत वापतको २ लाख राहत रकम उपलब्ध गराएको हो । प्रशासनले बाढीका कारण ज्यान गुमाउने इटहरीका आशा देवी राई, चन्दा तामाङ, सुनिता धिमाल, इश्वर सुनुवार सहित बराह नगरपालिकाका मृतक मनु श्रेष्ठ र भोक्राहाका उपेन्द्र मण्डलको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । बाढीका कारण सुनसरीमा १२ जनाले ज्यान गुमाएका थिए ।

 

१२ जना ज्यान गुमाएका मध्यै अहिले ६ जनालाई राहत रकम वितण गरेको र बाँकी मृतकका परिवारलाई पनि भेटेर राहत रकम उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताएकाछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);