सिन्धुलीमा काठको पोल ढल्न थालेपछि स्थानिय त्रसित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिन्धुली, ७ भदौ । सिन्धुलीमा झण्डै एक दशक अघि विद्युत् प्रसारणका लागि प्रयोग भएका काठका पोलहरु मक्कीएर ढल्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् ।

 

एक दशक अघिदेखी राष्ट्रिय प्रसारण लाइन र स्थानीय स्तरमा उत्पादन गरिएका लघु जलविद्युतका लागि प्रयोग भएका ६ हजारबढी काठका पोलहरु जिर्णभएर ढल्न थालेपछि स्थानीयमा त्रास बढेको छ । घरको करेसा, खेतबारी र सडक किनारामा गाडीएका पोलहरु जिर्ण हुँदै एकपछि अर्को गरी ढल्नथालेपछि कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन ।

 

नेपाल विद्युत प्राधिरकणको बेवास्ताका कारण आफुहरुले यस्तो जोमिख मोल्नु परेको स्थानियको भनाइ छ । राष्ट्रिय प्रशारण लाईन भएको चपौली, रतनचुरा लगायतका गाउँ तथा कमलामाइ नगरपालिकाको १४ वटै वडाका काठका पोलहरु जिर्ण भएर दैनिक जसो ढल्दा विद्युत सेवा अवरुद्ध हुनुका साथै मानवीय र भौतिक क्षेती हुने खतरा बढेको स्थानीयको भनाइ छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);